• १६ असोज २०८३, शुक्रबार
  • ८ः०७ बिहान

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट आइतबार सर्वोच्चमा सुनुवाइ हुने

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ०२:०५

२७ फाल्गुन,२०८२ काठमाडौं–  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दर्ता गरिएको रिट निवेदन आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ।

National Life

न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न निर्देशन दिएको हो। सुनुवाइ सुरु भएको दुई–तीन दिनभित्र सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउने अपेक्षा गरिएको छ।

महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज पौडेलले उक्त रिट निवेदन दर्ता गरेका हुन्।

प्रतिकृया