• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा जीवनका दुई महत्वपूर्ण संयोग सम्झिए

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०२:५८

२१ फाल्गुन,२०८२ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका दिन आफ्नो जीवनका दुई महत्वपूर्ण घटनाका सम्झना साझा गरेका छन्। ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आज सुखानी शहीद दिवस परेको स्मरण गर्दै, यही दिन ६ वर्षअघि आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएका छन्। उनले यी दुवै दिन आफू मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन भएको बताए।

National Life

उनले झापा आन्दोलनको समयमा निरंकुश व्यवस्थाविरुद्ध विद्रोह गरेको र त्यसक्रममा जेल परेको अनुभव साझा गर्दै, जेल सार्ने बहानामा सुखानीको जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको हत्या गरिएको स्मरण गरे।

ओलीले भने, “जेल सार्ने बहानामा हत्या गरिन लाग्दा म मृत्युको मुखबाट फर्केँ र १४ वर्ष कठोर कारावास भोगें।”

Classic Tech Mobile
Classic Tech Desktop

देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरूप्रति उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे र फागुन २१ कहिल्यै नबिर्सने दिन भएको उल्लेख गरे।

प्रतिकृया