देशभर प्रतिनिधि सभाका लागि मतदान सुरु, ६ हजार ५७१ उम्मेदवार प्रतिस्पर्धामा
प्रकाशित मिति
२०८२ फाल्गुन २१ गते, बिहीबार ०७:२७
२१ फाल्गुन,२०८२ काठमाडौं – आज देशभर प्रतिनिधि सभाका लागि मतदान सुरु भएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिका बीच यो निर्वाचन सम्पन्न भइरहेको हो।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। निर्वाचन आयोगका अनुसार साँझ ५ बजेभित्र मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चयन गर्न निर्वाचन भइरहेको हो। यस निर्वाचनमा प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्ष प्रणालीअन्तर्गत ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।
त्यस्तै समानुपातिकतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसरी कुल ६ हजार ५७१ उम्मेदवार प्रतिनिधि सभा सदस्य बन्न प्रतिस्पर्धामा उत्रिएका छन्।








प्रतिकृया