• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

विमानस्थलमा अलपत्र परेकालाई निःशुल्क खाना र आवास, सहयोगका लागि सम्पर्क गर्न आह्वान

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार ०२:४५

१७ फाल्गुन,२०८२ काठमाडौं – मध्यपूर्वमा उत्पन्न तनावका कारण उडान रद्द भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुलाई सहयोग गर्ने व्यवस्था मिलाइएको छ। लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा रोकिएका हवाई यात्रुलाई खाना र बसोबासको व्यवस्था गरेको जनाएको छ। सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले अप्ठ्यारोमा परेका यात्रुको सहजताका लागि यस्तो निर्णय गरिएको जानकारी दिए।

National Life

उनका अनुसार, पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीहरूले सामूहिक रूपमा सहयोग गर्ने निर्णय गरेका हुन्। सङ्घले अप्ठ्यारोमा परेका यात्रुलाई आफूहरूसँग सम्पर्क गर्न आग्रहसमेत गरेको छ।

प्रतिकृया