कांग्रेसका तीन जिल्लामा आज एकैदिन चुनावी सभा, गगन–विश्वप्रकाशले सम्बोधन गर्ने
प्रकाशित मिति
२०८२ फाल्गुन १५ गते, शुक्रबार १०:३९
१५ फाल्गुन,२०८२ काठमाडौं – नेपाली कांग्रेसले आज (शुक्रबार) तीन जिल्लामा चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टीले रूपन्देही, बागलुङ र कास्कीमा सभा गर्न लागेको हो।
पार्टीका अनुसार बिहान ११ बजे रूपन्देहीको बुटवलमा पहिलो सभा हुनेछ। त्यसपछि दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे कास्कीको पोखरामा चुनावी सभा आयोजना गरिनेछ।
तीनै सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ। सभामार्फत स्थानीय मतदातालाई सम्बोधन गर्नुका साथै अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने कार्यक्रमसमेत रहेको कांग्रेसले जनाएको छ।
यसअघि बिहीबार सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। सुर्खेतको सभामा उपसभापति पुष्पा भुसालको पनि उपस्थिति रहेको थियो।







प्रतिकृया