यस्तो छ आज देशभरको मौसम
प्रकाशित मिति
२०८२ फाल्गुन ८ गते, शुक्रबार ०९:४३
फाल्गुण ८, २०८२ काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जनाएको छ। विभागका अनुसार देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने केही स्थानमा वर्षा भइरहेको छ।
हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहेको छ। अन्य भू-भागमा आंशिक बदली रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका बाँकी भू-भाग तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।








प्रतिकृया