• १९ असोज २०८३, सोमबार
  • ८ः१७ राती

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला, मूल्य कति?

प्रकाशित मिति

२०८२ फाल्गुन १ गते, शुक्रबार ०९:४७

नबिल बैंक लिमिटेडले १ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार, जिज्ञाशा अर्यालको ५० हजार र जश श्रेष्ठको २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ।

National Life

जश श्रेष्ठको नाममा रहेको २५ हजार कित्ता शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०१ रुपैयाँ १० पैसा तोकिएको छ भने बाँकी शेयरको मूल्य खुलाइएको छैन। यसअघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिइसकिएकाले अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौंको नक्साल–नारायणचौरस्थित शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडबाट आवेदन फाराम लिएर छुट्टाछुट्टै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र ७ दिनभित्र बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया