• १३ असोज २०८३, मंगलबार
  • १ः४८ दिउँसो

किन भयो काठमाडौं विमानस्थल परिसरमा निषेधाज्ञा ? पाँचभन्दा बढी व्यक्तिको भेला हुन रोकियो

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार १०:३३

२९ माघ,२०८२ काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थलमा प्रदर्शन गर्ने तयारी गरेका केही समूह र राजनीतिक दलका विज्ञप्तिका कारण निषेधाज्ञा लागू गरिएको हो।

National Life

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्रसमेतको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न पाइने छैन।

आदेशमा उल्लिखित छ कि विमानस्थलजस्ता संवेदनशील क्षेत्रमा विरोध कार्यक्रम गर्दा भीडले तोडफोड वा आगजनीजस्ता उच्छृङ्खल गतिविधि गर्न सक्ने भएकाले सुरक्षा सुनिश्चित गर्न निषेधाज्ञा जारी गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीय प्रशासनले भने निषेध आदेश लागू नहुने अन्य स्थानमा नागरिकले संविधान बमोजिम शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी हुन पाउने अधिकार सुरक्षित रहने जनाएको छ। साथै, पूर्वजानकारी गराएर गरिने विरोध कार्यक्रमबाट क्षति भए आयोजकबाट क्षतिपूर्ति असुल गरिने पनि आदेशमा उल्लेख गरिएको छ।

प्रतिकृया