• ३ असोज २०८३, शनिबार
  • ११ः२१ राती

शिखर पावरको आईपीओ आवेदन अवधि थप

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार ०९:३४

२० माघ,२०८२ काठमाडौं –  शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरमा आवेदन दिने समय थप गरेको छ। आयोजना प्रभावितबाट अपेक्षित मात्रामा आवेदन नपरेपछि आईपीओमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

National Life

कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख ६५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

आईपीओमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ देखि १० सम्मका सम्पूर्ण वडाका स्थानीय तथा आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदनकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिकृया