• ३ असोज २०८३, शनिबार
  • ३ः५५ दिउँसो

महोत्तरीमा सरकारी जग्गा गैरकानुनी दर्ता प्रकरण : तीन जनाविरुद्ध मुद्धा

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार १०:११

२० माघ,२०८२ काठमाडौं –  महोत्तरीको साबिक ईटहर्वाकट्टी गाउँ विकास समिति–३ अन्तर्गतको सरकारी सार्वजनिक जग्गा (कित्ता नं. १२७, क्षेत्रफल ०–५–१२) गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।

National Life

अनुसन्धानका क्रममा उक्त जग्गा सरकारी सार्वजनिक जग्गा भएको पुष्टि भएको छ। तर मालपोत कार्यालय, जलेश्वरका कर्मचारीहरूको मिलेमतोमा राजिव कुमार ठाकुरको नाममा जग्गाधनी दर्ता स्रेस्ता र पुर्जा कायम गरिएको पाइएको छ।

अनुसन्धानले जग्गा २०७४ देखि २०८० सम्म कुनै छुटदर्ता प्रक्रिया नचलेको र कम्प्युटर प्रणालीमा मात्र २०८० साउन ८ गते प्रविष्ट गरिएको देखाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरमा कार्यरत नायब सुब्बा परमानन्द साह, कम्प्युटर अपरेटर रविन्द्र कुमार सिंह र राजिव कुमार ठाकुरविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

उक्त जग्गाको न्यूनतम मूल्याङ्कन १७ लाख २५ हजार रुपैयाँ रहेको छ।

प्रतिकृया