• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

बालेन शाहको घरमा चोरी

प्रकाशित मिति

२०८२ माघ १७ गते, शनिबार ११:१७

१७ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन शाहको मण्डिखाटारस्थित निवासमा चोरी भएको छ। बालेन शाह र उनकी पत्नी घरबाहिर रहेको समयमा चोरी भएको हो।

शुक्रबार साँझ बालेन शाहका मामा ससुराका छोरा घर पुगेका बेला चोरी भएको थाहा भएको हो। उनी नियमित रूपमा घरमा बत्ती बाल्ने–निभाउने तथा बिरुवामा पानी हाल्ने कामका लागि जाने गरेका थिए। साँझ घर पुग्दा मूल ढोका फोडिएको र घरभित्रका सामानहरू अस्तव्यस्त अवस्थामा देखिएपछि उनले प्रहरीलाई खबर गरेका थिए।

Kamana Sewa

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सीसीटीभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन तथा बाथरुम र भान्सामा प्रयोग हुने धाराका टुटीहरू चोरी गरेर लगेका छन्। अन्य सामग्री चोरी भएको–नभएको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया