• १९ असोज २०८३, सोमबार
  • १०ः३४ राती

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार १२:४३

१५ माघ,२०८२  काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुघा, खोकी र ज्वरोको समस्याका कारण अस्पताल भर्ना भएका छन्। बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका नेता नेपाललाई त्यहाँ क्याबिन नपाउँदा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा स्थानान्तरण गरी भर्ना गरिएको हो।

National Life

उपचार त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन्। अस्पताल स्रोतका अनुसार उनलाई रुघा, खोकी, ज्वरोसँगै सास फेर्न गाह्रो हुने समस्या देखिएको छ। बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका थिए।

प्रतिकृया