• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

चार्टर्ड विमान दुर्घटना, उपमुख्यमन्त्रीसहित ५ जनाको मृत्यु

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार १०:५१

भारत- भारतको महाराष्ट्र राज्यको बारामतीमा चार्टर्ड विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

विमानमा पवारसँग उनका निजी सहायक, सुरक्षाकर्मी र उडान कर्मचारी पनि सवार थिए। दुर्घटनापछि विमानमा आगलागी भएको र बाक्लो धुवाँ उठेको दृश्य सार्वजनिक भएको थियो। घटनास्थलमा उद्धार तथा चिकित्सक टोली परिचालन गरिएको थियो।

Kamana Sewa

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ भने सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया