• १९ असोज २०८३, सोमबार
  • ७ः५९ बेलुका

उम्मेदवारी दर्तापछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुगे सभापति थापा

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०३:०९

१२ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्ता गरेको ६ दिनपछि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन्। माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा सोमबार सर्लाही पुगेका हुन्।

National Life

सभापति थापा आज बिहान ११ बजे काठमाडौंबाट सिमरा–रौतहटको चपुर हुँदै सर्लाही प्रस्थान गरेका थिए। उनको स्वागतका लागि बागमती पुल गेटमा मधेश प्रदेश समितिले भव्य कार्यक्रम आयोजना गरेको छ।

मधेश कांग्रेसका प्रचार–प्रसार प्रमुख नितिश कुमार गुप्ताका अनुसार सभापति थापा चार दिनसम्म सर्लाहीमा रहनेछन्। यस अवधिमा उनले पार्टीका नेता तथा कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ। साथै फागुन ७ गते जनकपुरमा हुने प्रदेशस्तरीय सभाबारे समेत छलफल हुने गुप्ताले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

सभापति थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएसँगै यस क्षेत्रमा चुनावी बहस चर्किएको छ। गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्।

प्रतिकृया