• १९ असोज २०८३, सोमबार
  • ६ः३४ बेलुका

नेपाल टेलिकमले ल्याएको विन्टर अफर

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०२:१३

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर (Winter Offer) उपलब्ध गराएको छ। यसअघि नै उपलब्ध अटम अफर (Autumn Offer) अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई निरन्तरता दिइएको कम्पनीले उल्लेख गरेको छ।

National Life

यसको अर्थ कम्पनीले विन्टर अफरमा कुनै नयाँ प्याकेज वा सुबिधाहरु ग्राहकहरुलाई दिएको छैन र पुरानै अफरको सुबिधाहरुलाई विन्टर अफरको नाममा ल्याएको देखिन्छ।

पहिलेदेखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याक लगायतका प्याकेजहरु यथावत उपलब्ध रहेको प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरुका लागि प्याकेज (Package for Differently Able Person) तथा नमस्ते वाइफाई प्रयोगकर्ताहरुका लागि उपलब्ध बन्डल प्याकेज लगायतका प्याकेजहरु समेत उपलब्ध छन्। त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरु पनि यथावत राखिएका छन्।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेज (Recurring Package) को रुपमा निरन्तरता दिइएको छ। यस अनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताहरुले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ । पहिले *1415*2*4#  डायल गरेर मात्रै रिकरिङ प्याकेज लिन सकिने व्यवस्था रहेकोमा अब कम्पनीको मोबाइल एप (नेपाल टेलिकम एप) तथा वेबसाइटबाट समेत यो प्याकेज लिन सकिने व्यवस्था हुने जानकारी दिएको छ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेज माघ ११ गते देखि उपलब्ध रहेको र आगामी ९० दिनसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ।

प्रतिकृया