• १९ असोज २०८३, सोमबार
  • ११ः५४ राती

रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा–५ मा घरदैलो र मतदाता भेटघाटमा व्यस्त

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार १२:०८

७ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बिहानैदेखि झापा–५ का मतदातासँग भलाकुसारीमा जुटेका छन्। दमक–५ स्थित सम्पर्क कार्यालयमा उनले स्थानीय मतदातासँग विभिन्न समसामयिक विषयमा कुराकानी गरेका छन्। यस क्रममा स्थानीयको समस्या, अपेक्षा र सुझावबारे पनि जानकारी लिएको बताइएको छ।

National Life

बालेन शाह बिहानैदेखि झापा–५ निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा सहभागी हुँदै मतदातासँग प्रत्यक्ष अन्तरक्रियामा व्यस्त रहेका छन्। रास्वपाले जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको भन्दै पार्टीका नेताहरूले यस अभियानलाई महत्वपूर्ण मानेका छन्।

प्रतिकृया