• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

स्वास्थ्य बीमा संकट चुलिँदा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार ०४:२४

४ माघ,२०८२ काठमाडौं – स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। देशभरका कैयौं अस्पताललाई बीमा दावी भुक्तानी उपलब्ध गराउन नसक्दा स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परेका बेला उनले राजीनामा दिएका हुन्।

National Life

डा. काफ्लेले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गरेका छन्। उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको कार्यकालमा तनहुँबाट स्वास्थ्य बीमा बोर्डको निर्देशकमा नियुक्त भएका थिए।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदायक संस्थालाई भुक्तानी गर्नुपर्ने दायित्व अत्यधिक बढ्दै गएपछि बोर्ड दबाबमा परेको थियो। हाल बोर्डले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, अर्थ मन्त्रालयले वर्तमान मोडलमै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने हो भने थप अनुदान दिन नसक्ने स्पष्ट पारेपछि कार्यक्रमको भविष्य थप अन्योलमा परेको छ।

जेन–जी सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक प्राथमिकता नदिएको आरोप समेत लाग्दै आएको छ। देशभर लाखौं नागरिक आवद्ध रहेको यो कार्यक्रमले आम जनतालाई सस्तो मूल्यमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो।

नागरिकलाई न्यून लागतमा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले तत्कालीन सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको थियो। तर पछिल्लो समय देखिएको वित्तीय संकट र नीतिगत अस्पष्टताका कारण स्वास्थ्य बीमा कार्यक्रम नै धरापमा पर्ने चिन्ता बढ्दै गएको छ।

प्रतिकृया