• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

देउवा समूह निर्वाचन कार्यतालिका स्थगन माग गर्दै आयोग पुगे

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार ०१:५३

४ माघ,२०८२ काठमाडौं – देउवा समूहले निर्वाचन कार्यतालिका स्थगन माग गर्दै आयोग पुगेको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा माग राख्दै माघ ६ गतेको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता प्रक्रिया स्थगन गर्न आग्रह गरेको छ।

National Life

पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीले आयोगमा स्थगनको माग पेश गरेको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।

निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ता मिति तोकेको थियो। देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटको पेसी माघ ६ गते तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया