• १५ असोज २०८३, बिहीबार
  • २ः५८ राती

काँग्रेसले महामन्त्रीद्वय गगन–विश्वप्रकाशलाई कारवाही

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०४:१४

३० पुस,२०८२ काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समितिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि अनुशासनात्मक कारवाही गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकले दुवै महामन्त्रीलाई पार्टी निर्णय र अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै कारवाही गर्ने निर्णय गरेको हो ।

National Life

त्यसैगरी बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । कारवाहीको प्रकृति र अवधि भने पार्टीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

केन्द्रीय समितिको बैठकले पछिल्लो समय विवादमा रहेको विशेष महाधिवेशनमा संलग्न नेता–कार्यकर्तालाई पार्टी एकताका लागि पुनः काँग्रेसको मूलधारमा फर्किन आग्रहसमेत गरेको छ । पार्टीलाई थप क्षति नपुग्ने गरी आन्तरिक मतभेद समाधान गर्ने दिशामा नेतृत्वले जोड दिएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया