• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा तीन घण्टा लामो वार्ता

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ०७:१६

२४ पुस,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । बिहीबार बिहान ११ बजेदेखि करिब तीन घण्टा चलेको भेटमा दुवै नेताबीच निर्वाचन केन्द्रित छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

National Life

स्रोतका अनुसार भेटका क्रममा अध्यक्ष ओलीले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने एमालेको स्पष्ट धारणा राख्दै पार्टी त्यसका लागि पूर्ण रूपमा तयार रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । भेटवार्तामा समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीका विषयमा समेत विचार–विमर्श भएको बताइएको छ ।

प्रतिकृया