शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ देखि आईपीओ जारी गर्ने
प्रकाशित मिति
२०८२ पुष २३ गते, बुधबार ०१:३७
२३ पुस,२०८२ काठमाडौं – शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि आईपीओ (साधारण सेयर) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा सेयर जारी गर्ने योजना बनाएको छ।
कम्पनीले गत पुस १६ गते नेपाल धितोपत्र बोर्डबाट ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसको अंकित मूल्य १०० रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि ९ लाख ८० हजार कित्ता, र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि २ लाख २२ हजार कित्ता सेयर छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माघ २० सम्म, र वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ ९ देखि २० सम्म आवेदन दिन सक्नेछन्। आवेदन ग्लोबल आइएमई बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका तोकिएका शाखाबाट लिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। पहिलो चरण सफल भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनाएको छ।








प्रतिकृया