• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

एमालेले राष्ट्रियसभा सदस्यका ६ उम्मेदवार लगायो टुंगो , को कहाँ ?

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार ०९:३३

२३ पुस,२०८२ काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनमा एमालेले हालसम्म ६ जनाको नाम अन्तिम गरेको हो ।

एमालेका अनुसार नेतृ रामकुमार झाँक्री लुम्बिनी प्रदेशबाट उम्मेदवार बन्ने भएकी छन् । यसैगरी कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

Kamana Sewa

आगामी फागुन ११ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको प्रक्रिया आजै सुरु भए पनि दलहरूबीच सिट बाँडफाँटको अन्तिम सहमति भने हुन सकेको छैन ।

Classic Tech Desktop

कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि टुंगो लाग्न नसकेको हो । प्रारम्भिक छलफलमा एमाले र कांग्रेसलाई ७–७ सिट, नेकपालाई ३ र जसपा नेपाललाई १ सिट दिने गरी भागबन्डाको प्रयास भएको थियो । सोही आधारमा एमालेले उम्मेदवार छनोट गरेको जनाइएको छ ।

मधेश प्रदेशका लागि भने एमालेले हालसम्म उम्मेदवारको नाम टुंगो लगाएको छैन ।

प्रतिकृया