• ३१ भदौ २०८३, बुधबार
  • ९ः५५ राती

कामना सेवा विकास बैंकद्वारा पोशाक तथा शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार ०३:११

 १६ पुस,२०८२ काठमाडौं — कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री रामकोश फूलबारी माध्यमिक विद्यालय, पुतलीबजार नगरपालिका–४, रामकोश स्याङ्जामा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।

National Life

बैंकको बिरौटा शाखामार्फत आयोजित कार्यक्रममा पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद पोखरेललाई सामग्री हस्तान्तरण गरे। अध्यक्ष पोखरेलले बैंकको सहयोगले विद्यार्थीलाई महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएको पोशाक तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गर्दै यस कार्यमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे। कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता साक्षरता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिकृया