• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

रवि लामिछानेले कास्की अदालतमा बुझे तारेख

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार ०२:२५

१६ पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार कास्की जिल्ला अदालत पुगेर तारेख बुझेका छन् । अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार उनले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तारेख लिएका हुन् ।

नख्खु कारागारबाट धरौटीमा रिहा भएपछि यसअघि पनि पुस ९ गते लामिछाने अदालतमा हाजिर भएका थिए । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ६३ जनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ ठगीको मुद्दा दायर भएको छ, जुन हाल अदालतमा विचाराधीन छ ।

Kamana Sewa

प्रतिकृया