• २० असोज २०८३, मंगलबार
  • २ः५३ राती

सुरु भयो एमाले सचिवालय बैठक

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ०३:१४

१३ पुस,२०८२ काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो।

National Life

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवार चयन मुख्य एजेन्डाका रूपमा रहेको नेताहरूले बताएका छन्।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सहभागी दलहरूलाई भोलिसम्म समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउन समयसीमा तोकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसका लागि एमालेले उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारिसकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सूचीमाथि बैठकमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्।

,

प्रतिकृया