• २० असोज २०८३, मंगलबार
  • २ः५२ राती

आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार १०:१८

१३ पुस,२०८२ काठमाडौं — आज पुस १३ गते नेप्सेमा सूचीकृत पाँचवटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।

National Life

लाभांश प्रस्ताव गरेका कम्पनीहरूमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स ले ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यसैगरी नेपाल इन्स्योरेन्स ले ६.३१५८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने शिखर इन्स्योरेन्स ले ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड ले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश तथा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड ले १० प्रतिशत बोनस शेयर र ०.५२३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आजसम्म नेप्सेमा यी कम्पनीहरूको शेयर खरिद गरी कायम शेयरधनी रहेका लगानीकर्ताहरूले मात्र लाभांश प्राप्त गर्नेछन्। लाभांश वितरण प्रयोजनार्थ सम्बन्धित कम्पनीहरूले वार्षिक साधारणसभा समेत आह्वान गरिसकेका छन्।

प्रतिकृया