जेनजी आन्दोलनपछि सरकारी अनुगमन टोली रास्वपा कार्यालय बनस्थली पुग्यो
प्रकाशित मिति
२०८२ पुष ९ गते, बुधबार ०४:०६
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका राजनीतिक दलका कार्यालयहरूको अनुगमन गरिरहेको छ। सोहीक्रममा बुधबार टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थली पुगेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रास्वपाको कार्यालय भने सुरक्षित रहेको थियो भने अन्य ठूला दलका अधिकांश कार्यालयमा क्षति पुगेको थियो।
यसअघि सरकारी टोलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलका कार्यालयको अनुगमन गरिसकेको छ। अनुगमन टोलीमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।
रास्वपाको तर्फबाट उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।








प्रतिकृया