• २० असोज २०८३, मंगलबार
  • ३ः३१ राती

मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगमा दिए बयान

प्रकाशित मिति

२०८२ पुष ७ गते, सोमबार ०७:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गरिरहेको आयोगको आह्वानपछि शाह सोमबार आयोगमा उपस्थित भई बयान दिएका हुन् ।

National Life

आयोग स्रोतका अनुसार करिब दुई घण्टासम्म मेयर शाहसँग सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा २३ र २४ भदौको घटनाका बेला उनी कहाँ थिए भन्ने विषयदेखि सामाजिक सञ्जालमा सार्वजनिक गरेका अभिव्यक्तिसम्मका विषयमा प्रश्न गरिएको आयोगले जनाएको छ ।

त्यस्तै, सिंहदरबार जलाउने घटनाको प्रसंग, महानगरपालिकाको सुरक्षा व्यवस्थापन र घटनाका बेला दमकल समयमा नपुगेको भन्ने गुनासोबारे पनि आयोगले शाहसँग जिज्ञासा राखेको स्रोतले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मेयर शाहले दिएका जवाफबारे भने आयोगले खुलाउन नमिल्ने भन्दै विवरण सार्वजनिक नगरेको छ । आयोगले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको मानव अधिकार हनन र दमनसम्बन्धी विषयमा छुट्टै छानबिन गरिरहेको छ । आयोगका अनुसार हालसम्म १४६ जनासँग बयान लिइसकिएको छ ।

यसैबीच, सरकारले गठन गरेको जाँचबुझ आयोगले पनि घटनामा संलग्न व्यक्तिहरूको बयान लिने क्रम जारी राखेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगलाई सुरुमा तीन महिनाको म्याद दिइएको थियो, जसलाई सरकारले हालै एक महिना थप गरेको छ ।

प्रतिकृया