• २० असोज २०८३, मंगलबार
  • ३ः२९ राती

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या ११४ पुगेको छ

प्रकाशित मिति

२०८२ पुष ७ गते, सोमबार ०३:४५

७ पुस,२०८२ काठमाडौं— देशभर आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताको संख्या १० लाख १६ हजार ७ सय ५४ ले वृद्धि भएको छ। सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यो जानकारी दिएका हुन्।

National Life

उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या ११४ पुगेको छ। गत २०७९ सालको निर्वाचनमा ८७ दलले निर्वाचनमा भाग लिएका थिए। आयोगले दलको संख्या बढेसँगै निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान पनि गरेको छ।

भट्टराईले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरिसकेको जानकारी दिए। तीमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट खरिद गरिने र बाँकी १४ वटा मात्र आयोगले खरिद गर्ने गरी काम भइरहेको छ। उनले भने, “मतपेटिका र मसीको मौज्दात पर्याप्त भएकाले अन्य सामग्री नपुग्ने अवस्थामा मात्र खरिद प्रक्रिया अघि बढाइन्छ। यसले स्रोतको बचत गर्दै मितव्ययी रूपमा निर्वाचन सम्पन्न हुने अपेक्षा गरिएको छ।”

Classic Tech Mobile
Classic Tech Desktop

मतदाता नामावलीको अन्तिम प्रकाशन पुस १५ मा हुने जनाउँदै उनले विदेशी र अन्तरजिल्ला मतदानको तयारी समेत भइरहेको जानकारी दिए।

प्रतिकृया