माइतीघर प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका ‘जेनजी’ केही बेरमै रिहा
प्रकाशित मिति
२०८२ पुष ७ गते, सोमबार ०२:२३
७ पुस,२०८२ काठमाडौं— आज काठमाडौंको माइतीघर मण्डलामा सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेका ‘जेनजी’ आन्दोलनका सहभागीलाई प्रहरीले केही बेर नियन्त्रणमा लिइ रिहा गरेको छ।
जिल्ला प्रहरी परिसर भद्रकालीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सडकमा केही समय अवरोध भएपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो। “अवस्था सामान्य भएपछि उनीहरूलाई केही बेरमै रिहा गरियो,” उनले भने।
प्रदर्शनका लागि अनुमति नलिई माइतीघरमा उत्रिएका उनीहरूलाई हटाउन प्रहरीले हस्तक्षेप गरेको थियो। केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा आन्दोलनका संयोजक मिराज ढुंगानासहितको टोली परिसर प्रवेश गर्न खोज्दा प्रहरीले सुरक्षा कारणले ब्यारिकेट लगाएर रोकेको थियो।
सो क्रममा प्रदर्शनकारीहरूले सर्वपक्षीय सरकार गठनको माग राख्दै सडकमा नाराबाजी गरेका थिए। हाल पनि माइतीघर क्षेत्रमा प्रदर्शन जारी रहेको छ।








प्रतिकृया