मौलिक संस्कृति र पहिचान संरक्षण गर्न प्रधानमन्त्री कार्कीको आग्रह
प्रकाशित मिति
२०८२ पुष ६ गते, आईतवार ०२:३५
६ पुस,२०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान बिर्सन नहुने बताएकी छन्। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले संस्कृतिभित्र रहेका हानिकारक प्रथाहरू क्रमशः हटाउँदै जानुपर्ने भए पनि मौलिक परम्परा र वेशभूषाको संरक्षण अनिवार्य रहेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले आधुनिकताका नाममा समाजले आफ्नो पहिचान गुमाउँदै गएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले सरकारी कार्यालयहरूमा समेत हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्ना परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने बताइन्।
भेटका क्रममा परिषद्ले आउँदो पुस १५ गते आयोजना हुने तमु ल्होसार कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई निमन्त्रणा गरेको छ। परिषद्का महासचिव राजु गुरुङले निमन्त्रणापत्र वाचन गरेका थिए।








प्रतिकृया