जरिवाना नतिरेपछि अखण्ड सुदूरपश्चिम पार्टीको दलदर्ता निवेदन खारेज
प्रकाशित मिति
२०८२ मंसिर २३ गते, मंगलवार १२:०९
मंसिर २२, २०८२ काठमाडौं— निर्वाचन आयोगले तोकेको जरिवाना नतिरेकाले अखण्ड सुदूरपश्चिम पार्टी नेपालको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने निवेदन खारेज भएको छ। आयोगले मंसिर १४ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता निवेदन लिएको थियो, जसअनुसार १२० राजनीतिक दलले निवेदन बुझाएका थिए।
यीमध्ये ६ दलले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण समयमै नबुझाएकाले आयोगले जरिवाना तोकेको थियो। ती दलहरूमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चा थिए।
६ दलमध्ये एक दलले निवेदन नै फिर्ता लियो भने चार दलले अन्य दलसँग संयुक्त रूपमा चुनाव लड्ने निवेदन दिंदै जरिवाना तिरे। तर अखण्ड सुदूरपश्चिम पार्टीले जरिवाना नतिरेपछि आयोगले दर्ता निवेदन नै रद्द गरेको हो।
निर्वाचन आयोगले २१ फागुनमा निर्धारित चुनावमा भाग लिने दलहरूको सूची प्रकाशित गरिसकेको छ। प्रत्यक्षतर्फ ११४ दल सहभागी हुनेछन्, जबकि समानुपातिक तर्फ दल दर्ता प्रक्रिया जारी छ।








प्रतिकृया