• २० असोज २०८३, मंगलबार
  • ६ः१४ बिहान

मधेश प्रदेशमा कृष्णप्रसाद यादवले मुख्यमन्त्रीमा शपथ

प्रकाशित मिति

२०८२ मंसिर २१ गते, आईतवार १२:१५

मंसिर २१, २०८२ जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनको शपथ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले गराए।

National Life

यादव मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पूर्वमुख्यमन्त्री तथा एमाले नेता सरोज कुमार यादवले विश्वासको मत नपाएपछि राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता यादव प्रदेश सरकारको नेतृत्वमा आएका हुन्।

यादवले मंसिर २४ गते विश्वासको मत लिने तयारी थालेका छन्। उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया