• २० असोज २०८३, मंगलबार
  • ६ः५५ बिहान

डेढ महिने अल्झनपछि कांग्रेसको निर्णय : १५औं महाधिवेशन पुस २६ देखि

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार ०३:४४

मंसिर १५ , २०८२ काठमाडौं – नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको हो।

National Life

बैठकले वर्तमान कार्यसमितिको कार्यकाल माघसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ। पारित कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन, पुस १७ गते गाउँ–नगर अधिवेशन र पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्नेछ।

एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेका जिल्लामा पुस २१ गते र एकभन्दा बढी क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन हुनेछ। प्रदेश अधिवेशन पुस २२ र २३ गते हुने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया