• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

मेयर बालेनका पिता रामनारायण शाहको निधन, पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार ०३:०६

मंसिर १५ , २०८२ काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको निधन भएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार उनले अन्तिम सास फेर्ने महानगरले जनाएको छ।

National Life

शाहको पिसाबमा सङ्क्रमण देखिएपछि शरीरभरि फैलिएको र भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको थियो। आइतबार अस्पताल पुर्‍याइएका उनलाई सोमबार बिहानै अवस्था गम्भीर बनेपछि निधन भएको पुष्टि गरिएको हो।

प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनको पार्थिव शरीर आज दिउँसो ३:१५ बजे पशुपति आर्यघाट परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने काठमाडौं महानगरपालिकाले जनाएको छ।

प्रतिकृया