• ३ असोज २०८३, शनिबार
  • १ः०१ दिउँसो

चुनावी खर्च नियन्त्रणमा कडाइ गर्दै छ सरकार: प्रधानमन्त्री कार्की

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार ०९:२८

मंसिर १४, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सरकार स्वच्छ र मितव्ययी निर्वाचन प्रणाली कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएकी छिन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीसँगको भेटमा उनले निर्वाचनमा अनावश्यक खर्च बढ्ने प्रवृत्तिलाई रोक्न सरकार स्पष्ट योजना सहित अघि बढिरहेको जानकारी दिइन्।

National Life

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावतका अनुसार, प्रधानमन्त्रीले चुनावमा अत्यधिक खर्चले असमान प्रतिस्पर्धा र भ्रष्टाचारलाई समेत प्रश्रय दिने भएकाले त्यसलाई नियन्त्रण गर्न उपायहरु लागू गर्न लागिएको बताइन्। उनले सबै दललाई मितव्ययी ढंगले चुनावमा सहभागी हुन आग्रह गर्दै स्वच्छ, निष्पक्ष र समान अवसरयुक्त निर्वाचन सुनिश्चित गर्न सरकार सक्रिय रहेको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय मुद्दामा सबै दल एक भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सुधारका एजेन्डामा सहकार्य गर्न राजनीतिक दलहरुलाई आह्वान गरिन्। मुलुकको वातावरण बिग्रने गतिविधिलाई रोक्दै जिम्मेवार ढंगले अघि बढ्ने विश्वास पनि उनले दिलाइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया