• ५ असोज २०८३, सोमबार
  • १२ः१९ राती

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज पोखरामा

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार ०९:२३

मंसिर १४, २०८२ काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आज गण्डकी प्रदेशको पोखरामा एकता सन्देश सभा आयोजना गर्दैछ। पार्टी गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णयअनुसार शनिबार पोखरामा कार्यक्रम गर्न लागिएको हो।

National Life

यसअघि पार्टीले शुक्रबार धनगढीमा र शनिबार दाङको देउखुरीमा एकता सन्देश सभा सम्पन्न गरिसकेको छ। पोखराको सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरुको सम्बोधन रहने कार्यक्रम छ।

नेकपा माओवादी केन्द्रसहित १२ भन्दा बढी घटक मिलेर बनेको नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन भएपछि पार्टीले देशव्यापी रूपमा संगठन विस्तार र जनसंपर्क अभियान तीव्र पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीले आगामी दिनमा विभिन्न प्रदेश र प्रदेश–विशेष क्षेत्रमा पनि एकता सन्देश सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। सो अनुसार मंसिर १५ गते कोशी प्रदेशको विराटनगरमा, मंसिर १७ गते उपत्यका विशेष प्रदेशअन्तर्गत काठमाडौँमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा र मंसिर २० गते मधेश प्रदेशको जनकपुरमा सभा हुने छ।

यस्तै, प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल सभा मंसिर २१ गते, संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँमा मंसिर २२ गते तथा बागमती प्रदेशको हेटौडामा मंसिर २३ गते कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ।

प्रतिकृया