प्रधानमन्त्रीसँग भेट्न नपाएपछि मिरज समूहको कालोपट्टी बाँधेर सिंहदरबारमा प्रदर्शन
प्रकाशित मिति
२०८२ मंसिर ९ गते, मंगलवार ०१:४२
मंसिर ९, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार सिंहदरबार गेटअगाडि विरोध प्रदर्शन गरेको छ। सोमबारदेखि निरन्तर आन्दोलन गर्ने घोषणा गरिसकेको समूहले मंगलबार कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएको हो।
सिंहदरबार प्रवेश गर्न खोज्दा समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको जिल्ला प्रहरी कार्यालयका अनुसार जानकारी आएको छ। गिरफ्तारी दिनेसहितको योजनामा गेटतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले नियन्त्रण क्षेत्रमा राख्दै अनामनगरतर्फ पन्छाएको छ।

गरिखान देउ अभियानका अगुवा हरिष भट्टका अनुसार उनीहरूको आन्दोलन माग पूरा नभएसम्म नरोकिनेछ। “आज हामी गिरफ्तारी दिन पनि तयार थियौँ। अब माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,” भट्टले बताएका छन्।

सोमबार मिरज समूहसहित अन्य जेनजी अगुवाले सिंहदरबारको गेटमा ८ बुँदे मागपत्र टाँसेका थिए।




प्रतिकृया