• ४ असोज २०८३, आइतबार
  • ८ः०२ बिहान

कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजे, सुदूरपश्चिम रोयल्सलाई ब्याटिङ

प्रकाशित मिति

२०८२ मंसिर ८ गते, सोमबार ०४:४६

मंसिर ८, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेका कर्णालीका कप्तान सोमपाल कामीले पहिले बलिङ गर्ने घोषणा गरेपछि सुदूरपश्चिम रोयल्स ब्याटिङका लागि मैदान उत्रने भएको हो।

National Life

कर्णाली याक्सले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार भोगेको छ। तर सुदूरपश्चिम रोयल्स उत्कृष्ट फर्ममा देखिएको छ — टोलीले दुवै खेल जितेर प्रतियोगितामा अहिलेसम्म अपराजित यात्रालाई कायम राखेको छ।

आजको भिडन्तका लागि दुवै टिमले प्लेइङ ११ मा कुनै परिवर्तन नगरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया