सुमनराज अर्याल नेपाल सरकारका नयाँ मुख्यसचिव नियुक्त
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार ०४:३१
मंसिर ८, २०८२ काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (ओपिएमसी) मा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय आज गरेको हो।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहद पूरा भएपछि मंसिर ९ गते (भोलि) बाट अनिवार्य अवकाशमा जाने भएका छन्। त्यसअघि नै रिक्त हुने पदका लागि मन्त्रिपरिषद्ले सुमनराज अर्याललाई नयाँ मुख्यसचिवका रूपमा चयन गरेको हो।
एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए। करिब डेढ वर्षको कार्यकालपछि उनी उमेरहदका कारण अवकाश लिन लागेका हुन्।
नवनियुक्त मुख्यसचिव सुमनराज अर्याल संघीय प्रशासनमा लामो अनुभवका साथ प्राविधिक तथा प्रशासनिक दुवै क्षेत्रमा सक्रिय रहँदै आएका वरिष्ठ प्रशासक मानिन्छन्।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया