सामाजिक सुरक्षा कोषमा योगदान रकम झण्डै एक खर्ब पुग्यो
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार ०९:४८
मंसिर ८, २०८२ काठमाडौं – सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा जम्मा योगदान रकम झण्डै एक खर्ब रुपैयाँ पुगेको छ। कोषका अनुसार हालसम्म कुल ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ रुपैयाँको योगदान संकलन भएको छ।
कोषमा २२ हजार ३०९ रोजगारदाता सूचीकृत भइसकेका छन् भने २६ लाख ४१ हजार १८९ श्रमिक योगदानकर्ता बनेका छन्।सामाजिक सुरक्षा कोषले विभिन्न योजनाअन्तर्गत हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ।
त्यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी: २ अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२,दुर्घटना तथा अशक्तता दाबी: २२ करोड ८६ लाख ५३ हजार ४७५, आश्रित परिवार सुरक्षा दाबी: २९ करोड ७ लाख ७२ हजार ११६, अवकाश (पेन्सन) दाबी: १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१
वैदेशिक रोजगारमा जाने श्रमिक सहभागी भएपछि प्रभावकारिता बढ्यो, सरकारले हालै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य सहभागी हुने व्यवस्था लागू गरेपछि कोषको प्रभावकारिता थप मजबुत बनेको छ।
स्वरोजगार श्रमिक, उद्योग–व्यवसायका कामदार तथा विभिन्न सङ्घसंस्थामा कार्यरत श्रमिकहरू पनि कोषमा सहभागी भई योगदानकर्ता बन्न सक्ने व्यवस्था छ।
नियमित रूपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्नेले, औषधोपचार सेवा,पेन्सन तथा वृद्धावस्था सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा,आश्रित परिवार सुरक्षा
जस्ता सुविधाहरू पाउँछन्। कोषमा योगदान रकम तीव्र गतिमा बढ्दै गएसँगै त्यसलाई प्रभावकारी एवं दीगो बनाउने गरी नयाँ तथा सिर्जनशील लगानी योजनाको आवश्यकता रहेको सरोकारवालाहरूको धारणा छ।








प्रतिकृया