• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

पश्चिमी वायूको प्रभाव: कोशी–गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ मंसिर ६ गते, शनिबार ०८:२७

मंसिर ६, २०८२ काठमाडौं — देशमा हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

National Life

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, आज रातिको लागि पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया