• २० असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

सिमराको तनावबारे नागरिक समूहको चिन्ता, सरकार–दल र जेनजीलाई संयमित हुन आग्रह

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ११:२०

मंसिर ५, २०८२ काठमाडौं — बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नागरिक समूहले सरकार, राजनीतिक दलहरू तथा जेनजी पक्षलाई संयमित र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेको छ। नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले आइतबार एक विज्ञप्ति जारी गर्दै असजिला तथा अराजनीतिक व्यवहारहरूले देशलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत देखिएको उल्लेख गरेका हुन्।

National Life

विज्ञप्तिमा राजनीतिक स्थायित्व र फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको संवेदनशील तयारीका बीच देखिएको अराजनीतिक गतिविधिले मुलुकको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल असर पारिरहेको चेतावनी दिइएको छ।

सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू आदेश, संरचनामा भएको क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारप्रति नागरिक समूहले गम्भीर चासो व्यक्त गरेको छ।
‘कुनै पनि समूह, दल वा युवा आन्दोलनबाट संवैधानिक हकमा हस्तक्षेप वा हिंसात्मक आचरण स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जेनजीको नाममा कुनै समूहले कुनै दललाई लक्षित गरी अवरोध सिर्जना गर्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार भएको जनाउँदै, नागरिक समूहले दलहरूलाई पनि प्रतिवादका नाममा तनाव थप्ने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।
समूहका अनुसार यसले सुरक्षा अवस्था जटिल बनाउनुका साथै फागुन २१ को निर्वाचन पनि जोखिममा पर्न सक्नेछ।

विज्ञप्तामा शान्तिपूर्ण निर्वाचन हुन नसके मुलुक राजनीतिक शून्यतामा धकेलिन सक्ने र त्यसको प्रतिकूल असर सबै पक्षले भोग्नुपर्ने चेतावनी दिइएको छ। त्यसैले चुनावी वातावरण बिग्रने कुनै पनि गतिविधि नगर्न सरकार, दलहरू तथा जेनजी पक्षलाई अनुरोध गरिएको छ।

नागरिक समूहले संवादमार्फत समस्या समाधान गर्न, संवैधानिक मार्गप्रति प्रतिबद्ध रहन र संयमित भएर अघि बढ्न सबै पक्षलाई सुझाव दिएको छ। चुनावी गतिविधि स्वाभाविक भए पनि दलहरूले उक्साहट, भिडन्त र तनाव बढाउने काम नगर्न आग्रह गरिएको छ। यस्तै, जेनजी युवाहरूले पनि हिंसा, निषेध र बदला प्रवृत्ति त्यागी शान्तिपूर्ण तथा लोकतान्त्रिक अभिव्यक्तिको बाटो रोज्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिकृया