• २० असोज २०८३, मंगलबार
  • ८ः४८ बिहान

‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ भन्दै मधेशका मुख्यमन्त्री यादवको समर्थनमा एमालेको धर्ना

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ११:५९

जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई निर्वाध रूपमा काम गर्न दिन माग गर्दै नेकपा एमालेले जनकपुरमा धर्ना आयोजना गरेको छ। एमालेका नेता तथा कार्यकर्ताले जनकचोकमा भेला भएर ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ जस्ता नारासहित विरोध कार्यक्रम शुरू गरेका हुन्।

National Life

मुख्यमन्त्री यादवले संविधानको धारा १६८(३) अनुसार कात्तिक २४ गते शपथ लिए पनि सात दलीय गठबन्धनको निरन्तर विरोधका कारण उनले आफ्नो कार्य सम्पादन गर्न नसकेको एमालेको आरोप छ।

उता सात दलीय गठबन्धन भने सरकार गठन नै अवैधानिक भएको दाबी गर्दै मधेश भवन अगाडि निरन्तर धर्नामा बसेको छ। गठबन्धनका प्रदेश सांसदहरूले मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै आज पनि त्यही स्थानमा धर्ना जारी राखेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

मधेश प्रदेशमा दुवैतर्फबाट बढ्दै गएको राजनीतिक तनावसँगै सरकारी कामकारबाही प्रभावित भइरहेका छन्।

प्रतिकृया