नेपाल राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब नाघ्यो, वार्षिक प्रतिवेदनमा २९.२३ प्रतिशत वृद्धि
प्रकाशित मिति
२०८२ मंसिर १ गते, सोमबार ०९:४५
मंसिर १, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंक (रास्वब) को सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार, २०८२ असार मसान्तसम्म बैंकको वित्तीय स्थिति २९.२३ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
केन्द्रीय बैंकका अनुसार विभिन्न कोषहरूमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ।
रिपोर्टका अनुसार विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ–हानि समायोजनअघिको खुद आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भएको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले वासलात, आय–व्यय लगायतका विवरणसमेत समेटिएको वार्षिक प्रतिवेदन आर्थिक वर्ष सकिएको चार महिनाभित्र सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।








प्रतिकृया