• ८ असोज २०८३, बिहीबार
  • २ः५६ दिउँसो

९ दलबीच एकता अघि प्रचण्ड,खनाल र घनश्यामबिच छलफल

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०१:३३

कात्तिक १८, २०८२ काठमाडौं—  नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबीचको पार्टी एकता घोषणा हुनु अघि प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग बुधबार बिहान छलफल गरेका छन्।

National Life

छलफलमा प्रचण्डले एउटै पार्टीमा सहकार्य गर्न प्रस्ताव राखेका थिए भने खनालले राजनीतिक कार्यदिशा स्पष्ट भए मात्र सहकार्य सम्भव हुने बताएका छन्। महासचिव भुसालले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको मार्गचित्र स्पष्ट गरेमा सहकार्य गर्न सकिने अडान राखेका छन्।

केही समयमै ९ दलबीचको एकता औपचारिक घोषणा हुने तयारी रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया