नेपाल प्रहरीद्वारा ८५ वटा नयाँ गाडी खरिदका लागि टेण्डर आह्वान, १० वटा विद्युतीय पिकअपसमेत
प्रकाशित मिति
२०८२ आश्विन ३१ गते, शुक्रबार ०१:०२
असोज ३१,२०८२ काठमाडौं– नेपाल प्रहरीले नयाँ सवारीसाधन खरिद गर्नका लागि सार्वजनिक टेण्डर आह्वान गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै ८५ वटा गाडी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।
सूचनाअनुसार प्रहरीले पेट्रोलबाट सञ्चालन हुने ७५ वटा गाडी र विद्युतीय प्रणालीमा आधारित १० वटा पिकअप गाडी खरिद गर्न लागेको हो। यसका लागि इच्छुक आपूर्तिकर्ताले कात्तिक ९ गते (२६ अक्टोबर) हुने प्रिबिड मिटिङ मा सहभागिता जनाउन सक्नेछन्।
टेण्डरदाताले कात्तिक १४ गते (३१ अक्टोबर) सम्म प्रहरी प्रधान कार्यालयमा विद्युतीय टेण्डर पेस गर्नुपर्नेछ। उक्त दिन अपराह्न २ बजे टेण्डर खोलिने जनाइएको छ। सबै टेण्डरहरू बैंक ग्यारेन्टीसहित पेश गर्नुपर्ने र उक्त ग्यारेन्टी टेण्डरको वैधता अवधि भन्दा कम्तीमा ३० दिन बढीको हुनुपर्ने प्रावधान राखिएको छ।






प्रतिकृया