• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

देउवामाथिको प्रचारप्रति कांग्रेस प्रवक्ता महतको कडा आपत्ति

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार ११:१०

असोज १२, २०८२ काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भइरहेको प्रचारबाजीलाई ‘अपराधिक चिन्तनको उपज’ बताएका छन्।

National Life

आइतबार पत्रकार सम्मेलन गर्दै महतले हालै देउवा विदेश जान लागेका भन्ने हल्ला सुनियोजित ढंगले चरित्र हत्या गर्न गरिएको दाबी गरे। “पासपोर्ट बनाउनु प्रत्येक नागरिकको अधिकार हो,” महतले भने, “तर यसलाई देउवा देश छाडेर भाग्न लागेको जस्ता भ्रामक प्रचारमा बदल्नु दुर्भावनापूर्ण र योजनाबद्ध हो।”

उनले देउवा जस्तो व्यक्ति, जसले हत्या गर्न आउँदैछन् भन्ने थाहा पाए पनि घर छाडेर नहिँड्ने अडान लिएका छन्, तिनका बारेमा यसरी अफवाह फैलाउनु नै आपराधिक मानसिकता भएको आरोप लगाए।

Classic Tech Mobile
Classic Tech Desktop

महतले पार्टीभित्रैबाट सभापति देउवामाथिको आक्रमणको निन्दा नगरिनु दुःखद रहेको बताए। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा आक्रमणको स्पष्ट रूपमा निन्दा नगरेपछि आफू र उपसभापति पूर्णबहादुर खड्काले छुट्टै वक्तव्य दिनुपरेको उनले खुलासा गरे।

त्यसैगरी, हाल विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षर संकलनको औचित्य समेत महतले प्रश्न गरे। “पार्टी अहिले जटिल अवस्थामा छ, यस्तो बेला महाधिवेशनको नाममा गरिने असन्तुलित दबाबले झन संकट निम्त्याउँछ,” उनले भने।

असोज २३ गते घटेको गोलीकाण्डबारे पनि महतले यसलाई ‘रहस्यमय’ भन्दै निष्पक्ष छानबिनको माग गरे।

प्रतिकृया