• २० असोज २०८३, मंगलबार
  • ४ः५२ बेलुका

पिपुल्स पावरको लिलामी शेयर बाँडफाँड

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार १०:२१

असोज ७, २०८२ काठमाडौं– पिपुल्स पावर लिमिटेडले भदौ १५ देखि २२ गतेसम्म लिलाम मार्फत् खुला गरेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले यसअघि हकप्रद शेयर बाँडफाँड गर्दा बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता शेयर लिलाम मार्फत् बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो।

National Life

बिक्री अवधिभर परेका बोलपत्रहरू भदौ ३० गते खोलेर आवश्यक प्रशोधन गरी असोज ५ गते सञ्चालक समितिको रोहबरमा आवेदककर्तालाई बाँडफाँड गरेको हो।

बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २६१.५० रुपैयाँ कायम भएको छ भने यही मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै शेयर नपरेकाहरूको रकम आजदेखि नै फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतिकृया