• २० असोज २०८३, मंगलबार
  • ५ः४० बेलुका

नेप्सेमा लगातार दोस्रो सर्किट ब्रेक, कति अकंले घट्यो ?

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ११:४९

असोज २, २०८२ काठमाडौं-  भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा आज पुनः ठूलो गिरावट देखिएको छ। कारोबार सुरु भएको केही मिनेटमै दोस्रोपटक सर्किट ब्रेक लागेपछि बजार ४० मिनेटका लागि बन्द भएको हो।

National Life

आज कारोबार सुरु भएको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागू गरिएको थियो। २० मिनेटको अवकाशपछि पुनः खुलेको बजारमा समग्र सूचक ५ प्रतिशतले घटेपछि दोस्रोपटक सर्किट ब्रेक लाग्दै कारोबार पुनः स्थगित भएको हो।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३.०३ अंकले घटेर २५३८.५७ विन्दुमा पुगेको छ। समग्र बजार धारणा कमजोर देखिएको छ भने लगानीकर्तामा असमञ्जसता र त्रासको वातावरण देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष गरी, पुनर्बीमा समूहमा समावेश दुई कम्पनीसहितको समूह ८.९ प्रतिशतले घट्दै सबैभन्दा धेरै क्षति बेहोर्ने समूह बन्न पुगेको छ। त्यसैगरी, बैंकिङ, विकास बैंक, लगानी तथा जीवन बीमा समूहका सूचकहरू पनि ५ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

बजार विश्लेषकहरूले पछिल्ला सामाजिक तथा राजनीतिक अस्थिरता, लगानीकर्ताको मनोविज्ञानमा परेको असर र कमजोर बजार विश्वासलाई बजारको गिरावटको मुख्य कारण मानिरहेका छन्।

प्रतिकृया